रौतहट प्रहरीले १७ किलो भन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले १७ किलो ५०० ग्राम गाँजा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी दुधिअवाबाट खटिएको संयुक्त प्रहरी टोली शुक्रबार विहान घरमा खानतलासी गर्ने क्रममा दुई वटा प्लाष्टिकको पोकामा गाँजा फेला परेको छ । सो लागु औषध गाँजा सहित पासवानलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लक्ष्मिनिया रौतहटमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार लागु औषध सम्बन्धि कसूर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको छ ।