रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले हरेक किसिमको अभियान थालनी गर्दा एक्लो हुने भएपनि सार्थकता भने पाउनु पर्ने बताउनुभएको छ । हरेक व्यतिmले आफ्नो जन्म दिनलाई सत्कर्म र पुण्यसंग जोडिनु पर्ने उहाँको धारणा छ । रौतहटको चन्द्रपुरमा जन्म दिनलाई सत्कर्ममा जोडौँ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले पृथ्वी र प्रकृतिसंग मानव सम्वन्ध जोडिएकोले प्रकृति नभएमा मानव अस्तित्व नरहने उल्लेख गर्दै यस बारेमा धेरै जानकार भएपनि व्यवहारतः नभएको बताउनुभयो । प्रकृति नै हाम्रो जिवन हो भन्ने चेतना मानवमा हराउँदै गएको प्रति उहाँले चिन्ता व्यतm गर्नुभयो । प्रकृतिलाई माया र संरक्षण गर्नु पर्ने धारणमा हराउँदै गएकाले यसलाई जागृत गर्ने वेला भएको उहाँले बताउनुभयो । प्रकृति भनेको रुख विरुवाको संरक्षण, वृक्षारोपण, हरियाली सिर्जना, जीवजन्तुको संरक्षण र खोला तटवन्ध गर्ने लगायतका कार्यहरु रहेको चर्चा गर्दै उहाँले यसलाई धर्मसंग जोडिएको उल्लेख गर्नुभयो । अहिले गाँउ घरमा रहने ठुला ठुला वर–पिपलको रुखको पुस्ता अघिकाले रोपेको र अहिलेकाले छहारी र शितलता पाएको बताउनुभयो । हामीले रोपेका विरुवाको पछिको पुस्ताले उपभोग गर्ने उहाँको भनाई छ । हरेक दुष्ट्रिकोणले बोटविरुवा आवश्यक भएकाले जन्म दिन वृक्षारोपण गरेर मनाउन उहाँले सुझाव दिनुभयो । यस अघि पर्सामा रहँदा समेत हरित अभियान संचालन भएको उहाँले स्मरण गर्नुभयो । सो कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका वन प्रमुख शैलेन्द्र मिश्राले वन विनास गर्नेलाई संरक्षण वा वृक्षारोपणका लागि सुझाव दिने गरेको बताउनुभयो । वन संरक्षण गर्नु सवैको दायित्व भएकाले आ–आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने उहाँको धारणा छ । वनको महत्व र फाईदा सवैदले वुझ्नु पर्ने उहाँको भनाई छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वन संरक्षणत्मक काम गर्दै आएको उहाँले दावी गर्नुभयो । उतm कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द प्रसाद चौलागाईले सामाजिक वा पुण्यको कार्य गरेर परम्परात शैलीमा जन्म दिन मनाउनु पर्ने बताउनुभयो । जन्म उत्सवमा महँगो होटलमा भोज गर्नु गलत भएको उल्लेख गर्दै उहाँले वृक्षारोपण गरेर जन्म दिन मनाउन आग्रह समेत गर्नुभयो । जन्मपछि मानवले सत्कर्म गर्नु पर्ने बिचार राख्दै वाह्य संस्कृतिलाई बढवा दिन नहुने तर्क गर्नुभयो । नयाँ पुस्तालाई संस्कार सिकाउनका लागि पनि सत्कर्म आवश्यक रहेको बताउनुभयो । हिमेश चौलागाईको जन्म दिनको अवसरमा यहाँ वृक्षारोपणको दाश्रो पटक थालनी गरेको उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका सह सचिव दिपेश पौडेल , पूर्व कोषाध्यक्ष रमेश तिमल्सिना, पत्रकार अनमोल कार्की, सुब्बा कार्की ,दिपेश पौडेल , मनोज साह सहित स्थानीय खडगबहादुर कार्की,चेतनगरका समाजसेवी श्याम श्रेष्ठ सिन्धुरेघारी माबिका प्रधानाध्यापक सत्रुधन प्रसाद साह, सन्तपुर,जुडिबेला माबिका प्रधानाध्यापकको उपस्थिती रहेको थियो । चाँदी नदिको किनारमा रहेको जमिनमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको थियो । तराई विकास तथा संञ्चार केन्द्र काठमाण्डौको आयोजनामा भएको वृक्षारोपण अभियान निरन्तर चलिरहने जनाईएको छ । यो अभियान जुडिबेला ,गैडाटार,पौराइ ,बागमती हुँदै चोचामैरा सहित सबै क्षेत्रमा संचालन गर्ने आयोजकको योजना रहेको छ ।