गौर भन्सार कार्यालयबाट स्क्रेपमा सवारी साधन लिलामी सकार गरेको कम्पनी वा ठेकेदारले पाटपुर्जा छुट्टयाएर लैजानु पर्नेमा नगरेको पाईएको छ । यहि चैत ५ गते लिलाम गरेका ७० वटा चार पाग्रे र ११ सय ३८ थान दुई पाग्रे मोटरसाइकल ठेक्केदारले स्क्रेपमा सवारीसाधन सकार गरेका थियो । स्क्रेपमा सकार गरेका फर्म वा ठेक्केदारले भन्सार कार्यालय भित्र काटेर उक्त सवारी साधनलाई टुक्रा टुक्रा बनाएर लग्नुपर्ने हो । तर भन्सार कार्यालयबाट सवारी साधनलाई अन्यत्र लगेर भारत पु¥र्याउने कार्य भएको आरोप लागेको छ । सवारी साधनलाई ट्रक र पिकअपमा लोड गरेर गौरको रामजानकी धर्मशाला पछाडी राखेर भन्सार ऐन वा कानुनको बिपरित हुने कार्य भईरहँदा समेत सम्बध निकाय मौन बसेको स्थानियको आरोप छ । न्यु विश्वास ट्रेडर्स जनकपुरधामले सबैभन्दा बढी बोलपत्र चारपाङ्गे ८७ लाख ८७ हजार ८ सय ७७ रुपैयाँ र मोटरसाइकल १ करोड २१ लाख मूल्य राखेर शिलबन्दी बोलपत्र समिट गराएर ठेक्का सकार गरेको बताइन्छ । सो स्क्रेपका सवारीसाधन सडकमा चलाउन गौर भन्सारले अनुमाति पत्र नबनाएता पनि ठेकेदारले उक्त सवारीसाधन गौर भन्सार कार्यालयबाट स्क्रेप नै नगरेर सिधै पिकपमा लोर्ड गरी अन्यत्र ठाउँमा स्टोर गर्ने गरेको छ । स्टोर गरिएको ठाउँबाट सकारकर्ताले सवारीधनीको पुरानो कागज ल्याई स्क्रेपमा लिलाम गरिएको सवारीसाधनबाट ईन्जिन नंबर र चेचिस नंबर मिलाई आ–आफ्नो सवारीसाधन रकम तिरेर लगिरहेका छन् । उक्त स्क्रेप भएका सवारीसाधन सडकमा चलाउन गैरकानुनी मानिएको छ । बर्षौं देखि गौर भन्सारमा पक्राउ परि राखिएका लिलामका सवारीसाधन अहिले ठेकेदार र गौर भन्सारका प्रमुख अम्रेन्द्र सिंहको मिलोमतोमा स्क्रेपमा लिलाम भएको सवारीसाधनको इन्जिन नम्ंबर र चेचिस नकाटि सिधै पिकपमा लोड गरेर अन्यत्र ठाउँमा ठेकेदारले स्टोर गरिरहने कार्य भईरहेका पाइएको हो । यस बिषयमा गौर भन्सार प्रमुख सिंर्ह स्क्रेपमा लिलाम गरिएका सवारीसाधन १५ दिन भित्र ईन्जिन र चेचिस नंम्बर ग्यास बेल्डिङ्गले काटी मात्र लग्नुपर्ने हो । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा पक्राउ गरी बर्षौं देखि भन्सार कार्यालयमा दाखिला गरेका सवारीसाधनलाई लिलाम गरेका थिए । गौर भन्सारले आह्वान गरेको बोलपत्र अनुसार ७० थान चारपाग्रे सवारीसाधनको मुल्यांकन मूल्य ३१ लाख ९७ हजार ४ सय २५ तोकिएको तथा स्क्रेपकै ११३८ पिस मोटरसाइकल मुल्यांकन मूल्य ३९ लाख ५८ हजार ३ सय २५ तोकिएको थियो ।