पर्सा प्रहरीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल बीरगंजका एमडी शहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साहलाई पक्राउ गरेको छ । नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशालामा अनुगमन टोलीले निरीक्षण गर्ने क्रममा म्याज गुज्रिएको औषधी र केमिकल फेला परेपछि प्रहरीले पक्राउ गरेको हो । मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याज गुज्रिएको औषधी र केमिकल फेला परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । नेशनल मेडिकल कलेजमा वीरगञ्ज महानगरपालिका, औषधि व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्त टोलीले अनुगमन गरेको जिल्ला पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय राखिएको छ । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोली पुगेको हो । सो क्रममा मेडिकल कलेजको ल्याबमा सन् २०२१ मै म्याद सकिएको केमिकल सहितका औषधि बरामद भएको उल्लेख गरिएको छ । ल्याब र फार्मेसीमा म्याज गुज्रिएका केमिकल र औषधी फेलापरेपछि अनुगमन टोलीमा सहभागी रहेका प्रहरी उपरक्षिक कुमोद ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लैजानु भएको हो । मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो, औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो । वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले सोमबार दिउँसो मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याज गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताउनुभयो । मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्द्या बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको छ । । ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गु्ज्रिएको र फ्रिजमा राखिएका केमिकलपनि म्याज सकिएको बताइएको छ । म्याद गुज्रिएका केमिकल र औषधीपनि प्रहरीले नियन्त्रणमा लिएको र यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।