साउन २५ गते ।
रौतहटको बृन्दावन नगरपालिका–३ रामपुर टोलस्थित बृन्दावन स्वास्थ्य चौकीमा स्थानीय बासिन्दाले आइतबार दिउँसो तालाबन्दी गरेका छन् । लामो समयदेखि स्वास्थ्य चौकीमा पर्याप्त स्वास्थ्यकर्मी हुँदाहुँदै पनि आधारभूत औषधिको अभाव भइरहेको भन्दै स्थानीयहरुले आक्रोश पोख्दै यस्तो कदम चालेका हुन् ।
स्थानिय युवा नेता लखिन्द्र पटेलको नेतृत्वमा सयौँ महिला, पुरुष र स्थानीय भद्रभलादमीको उपस्थितिमा तालाबन्दी गरिएको हो । स्थानीय नेता पटेलले भने, “हामीले औषधि नपाएर बिरामी उपचारमा समस्या भएको कारण तालाबन्दी गरेका हौं । यदि यस समस्याको तत्काल समाधान भएन भने हामी अझ कडा आन्दोलनमा उत्रिनेछौं ।”

दैनिक बिरामी ‘रित्तै’ फर्कन बाध्य स्थानीय कमलदेव साहका अनुसार, स्वास्थ्य चौकीमा दैनिक सयौँ बिरामी आउने गर्छन् तर ज्वरोको लागि आवश्यक सामान्य सिटामोल ट्याब्लेटसम्म नपाउने अवस्था छ । “हामी धेरैपटक यहाँ आउँदा हात खाली फर्कनु परेको छ । बिरामीलाई औषधि नभएपछि के उपचार हुन्छ ?” साहले दुखेसो पोखे।
उनले आरोप लगाउँदै भने, “ नगरपालिकाले बजेट छुट्याएर पनि नगर प्रमुख र सम्बन्धित निकायको मिलोमतोमा औषधी उपलब्ध गराउँदैन, बरु बिभेद गर्दै आएको छ।” साहले नगर प्रमुख बिनोद प्रसाद कुर्मि निर्वाचित भएदेखि नै नगर अस्पताल र स्वास्थ्य चौकीलाई बेवास्ता गरिएको आरोप समेत लगाए ।

स्थानीयहरुले नगरपालिकाले स्वास्थ्य चौकीका लागि छुट्याएको बजेटको उपयोगबारे पारदर्शिता नभएको गुनासो गर्दै प्रश्न गरेका छन( “औषधी खरिदको पैसा कहाँ गयो? किन बिरामीलाई नपुग्ने गरी काम गरिन्छ ?” ।” साहले नगरपालिकाले स्वास्थ्य चौकीका लागि छुट्याएको बजेट र औषधि खरिद प्रक्रियामा पारदर्शिता नभएको चौतर्फि प्रश्न उठीरहेको छ । नगर प्रमुख कुर्मि निर्वाचित भएदेखि नै आफ्नो मनोमानी गर्दै आईरहेको साथै स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा पनि हेलचेक्राई गरि लामो लामो भाषण गर्दै आईरहेको आरोप समेत लगाएका छन । यस स्वास्थ्य चौकी भित्र रहेको रहेको शौचालय, डूेसिङ्ग कोठा, प्रसुति कोठा, खोप कोठा लगायत गर्भवति चेकजाँच कोठा फोहर नै फोहर सहित दुर्गन्धि रहेको भेटिएको थियो ।
प्रसुति सेवा पनि बन्द
स्थानीयहरुको भनाइमा, यस स्वास्थ्य चौकीमा पहिले प्रसूति सेवा सञ्चालनमा थियो तर नगर प्रमुख कुर्मीले त्यसलाई बन्द गराएका छन् । यसको कारणबारे पनि स्थानीयहरुले जवाफ मागेका छन् ।
नगर प्रमुखले अटेरी व्यवहार गरेको आरोप
स्वास्थ्य चौकीका इन्चार्ज श्यामराज सापकोटाले भने, “एक महिना अघि नै नगरपालिकालाई औषधि अभावबारे लिखित निवेदन दिएका थियौं, तर अहिलेसम्म कुनै चासो देखाइएको छैन ।”हामिले बारम्बार पालिकामा ताकेता गरे पनि नगर प्रमुख जिले कुनै तादरुकता नदेखाएको छ भने हामिले के गर्ने, हाम्रो दायित्व त स्वास्थ्य चौकीमा आएर बिरामीहरुलाई उपचार गर्ने हो तर हामिले अरु के गर्न सक्छौ र । त्यति मात्र नभएर वहाँले भने हामिले पनि बिगत केहि समयदेखिको तलव समेत पाएका छैनौ तर पिडित भएर हामि काम गरिरहेका छौ ।

दुखेसो पोखे यस विषयमा बुझ्न खोज्दा बृन्दावन नगर स्वास्थ्य संयोजक रास नारायण पटेलले पत्रकारसँग संवाद गर्न अस्वीकार गर्दै फोन काटेको आरोप पनि लागेको छ । नगर प्रमुख बिनोद प्रसाद कुर्मीको मोबाइल नम्बर ९८५५०४०९७० मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
तालाबन्दीमा सहभागी स्थानीय मनोज पटेल, हरिन्द्र पटेल लगायत भद्रभलादमिहरुले चेतावनी दिएका छन् कि यदि तत्काल औषधि आपूर्ति र स्वास्थ्य सेवा सुधार भएन भने सडकमा उत्रेर कडा आन्दोलन गर्ने छौ । साथै आन्दोलनमा हुने कुनै प्रकारको घटना नगर प्रमुखले ब्योहोर्ने चेतावनी दिए । उनीहरुले नगरपालिकाले स्वास्थ्य चौकीमा नियमित औषधि, पर्याप्त स्वास्थ्यकर्मी र पूर्ववत् सेवा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।