चन्द्रपुर,२७ बैशाख
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्बासीहरुको समस्याको समाधान दिर्घकालिन रुपमा गर्नुपर्ने बताउनुभएको छ । आइतबार रौतहटको चन्द्रपुर—२टेम्पुपार्कमा आयोजित कोणसभा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । सुकुम्बासी नागरिकहरुको आवासको हकलाइ सरकारले ब्यबस्थीत रुपमा सुरक्षित गर्नुपर्ने अध्यक्ष घिसिङको धारणा रहेको थियो ।
अध्यक्ष घिसिङले काठमाण्डौ लगायत देशभरी मै अहिले जुन किसिमले काम भइसकेको छ त्यसलाइ तत्काल ब्यस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।अहिले त्यहा मानबिय समबेदनाका कुराहरु छन, शिक्षाको कुराहरु छन,आवासका कुराहरु छन,खानाका कुराहरु छन ति सबै कुराहरुमा सरकारले गम्भीर भएर काम गर्नुपर्ने अध्यक्ष घिसिङको धारणा थियो ।
आउने दिनहरुमा सुकुम्बासी बस्तीको बारेमा सरकारले एउटा दिर्घकालीन योजना बनाएर अगाडी बढनुपर्ने उहाँको सुझाब थियो ।उहाँले वास्तबीक सुकुम्बासीहरुको पहिचान गरी त्यसको ब्यबस्थापन गरेर मात्रै हटाउने तिर लाग्नुपर्ने बताउनुभयो ।घिसिङले ऐलानी जमिनमा बसोबास गदै आइरहनुभएकाहरुलाइ कानुनी रुपले समस्या समाधान गर्ने दाइत्व सरकारको भएको समेत बताउनुभएको छ ।
जमिन जनताको भएको र बस्ती ब्यबस्थापन पनि सरकारले नै गर्नुपर्ने उहाको धारणा थियो । सुकुम्बासी ब्यबस्थीत गर्ने नामामा बस्ती हटाउने हैन यदी हटाउने नै हो भने त्यसलाइ ब्यबस्थीत गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभएको छ ।सरकारको राम्रो कामलाइ सहयोग गर्ने र नराम्रो कामको खबरदारी गर्ने आफनो पार्टीको प्रष्ट धारणा भएको समेत अध्यक्ष घिसिङले बताउनुभएको छ ।
यसैबिच रौतहटको चन्द्रपुर नगरपालिकाले आफनो नगरक्षेत्र भित्र सरकारी, सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र, राजकूलो लगायतका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घर टहरा लगायत जुनसुकै संरचना ३५ दिनभित्र हटाउन सुचना जारी गरिसकेको छ ।
चन्द्रपुर नगरपालिकामा २ हजार ११९ परिवार भुमिहिन दलित,४ हजार ८६६ भुमीहिन सुकुम्बासी र ११ हजार ७९५ परिवार अब्यस्थीत बासोबासी गरी १८ जम्मा हजार ७८० परिवार भुमिहिन दलित तथा अब्यस्थीत परिवार रहेको भुमी समस्या समाधान आयोग रौतहटले जनाएको छ ।