काठमान्डौ,२० बैशाख//
आइतबार सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९६ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १० रुपैयाँ पुगेको छ ।