काठमान्डौ,२० बैशाख //
राष्ट्रपति रामचन्द्र पौडेलले थप ३ अध्यादेश जारी गरेका छन् । शनिवार राष्ट्रपति पौडेलले थप ३ अध्योदश जारी गरका हुन् ।
राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।