बैशाख १९ गते ।
जन्मोत्सव पार्क संरक्षण समितिका तर्फबाट रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय सांसद गणेश पौडेल लाई बधाई तथा ध्यानाकर्षण कार्यक्रम सम्पन्न भएको छ। जन्मोत्सव पार्कमा आयोजना गरिएको कार्यक्रममा सांसद पौडेल लाई बधाई दिदै यस क्षेत्रका जनताले भोग्नुपरेका समस्या केन्द्रित २२ बुदे ध्यानाकर्षण पत्र समेत वरिष्ठ पत्रकार एवं समाजसेवी गोबिन्दप्रसाद चौलागाईंले हस्तान्तरण गरेका थिए।

ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै वरिष्ठ पत्रकार एवं यस क्षेत्रका समाजवादी चौलागाईंले भन्नुभयो ,जनताको समस्या समाधान गर्न हामी तपाईंको साथमा छौ अब गफ होइन जनता लाई कामको नतिजा चाहिएको छ त्यसैमा केन्द्रित भएर काम गर्न सफल बन्नोस हाम्रो शुभकामना छ। रौतहटका वरिष्ठ पत्रकर संजय मिश्राको जन्मोत्सव अवसरमा बृक्ष रोपेर सुरुवात कार्यक्रममा सिन्दुरेघारीका पुर्व प्रधानाध्यापक सत्रुधन प्रसाद साहले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै साहलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पार्कमा आफ्नो जन्मोत्सव मनाएर सहयोग गर्ने ब्याक्तित्व प्रलाद बिश्वकर्मा , महेन्द्र गौतम ,हिरामणी सुवेदी ,केशव खतिवडा ,गायत्री भारती लगायत लाई सम्मान गरिएको कार्यक्रममा सहभागी भएका ब्याक्तित्वहरु लाई संरक्षण समितिका सचिब राजु बिष्टले स्वागत गरेका थिए।

कार्यक्रममा जन्मदिन लाई सत्कर्ममा जोडौ अभियानका रौतहट जिल्ला संयोजक श्याम श्रेष्ठ , सुर्य बहादुर थापा ,बिकु लामा जजामाबी सिन्दुरेघारीका प्रधानाध्यापक शम्भु हुमागाइ, स्थानीय टोलसुधारका अध्यक्षज्युहरु लगायतको विशेष उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता समितिका उपाध्यक्ष ज्ञानबहादुर भट्टले गरेको सो कार्यक्रम प्रराज चौलागाईंले संचालन गरेका थिए। जन्मदिनमा बृक्ष रोप्न कटहरिया देखि सिन्दुरेघारी पार्कमा आउनुभएका वरिष्ठ पत्रकार मिश्रालाइ सबैले जन्मोत्सवको शुभकामना दिएका थिए।

छोटो समयमा आयोजना गरिएको कार्यक्रममा सहभागिता जनाउनुहुने सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छौ। जो जहाँ हुनुहुन्छ। जन्मदिनलाई सत्कर्ममा जोडौ अभियानमा एक्यवद्धता सहित जोडिएर एक बृक्ष रोपेर जन्मोत्सव मनाइदिनु हुन पुन सबैमा अनुरोध गर्न समेत चाहान्छौ।