काठमाडौं,२० बैशाख//
विभिन्न समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बैठक बस्नेछ। पार्टी सभापतिको निर्देशनअनुसार बैठक आह्वान गरिएको हो।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३ तथा संसदीय दलको विधान संशोधनलगायतका विषयमा छलफल हुने जनाइएको छ।
पार्टीका आगामी रणनीति र संगठनात्मक तयारीका लागि बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।