काठमाडौं,२० बैशाख//
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नव–मनोनित सचिवालय सदस्य सागर ढकाल ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टी कार्यालय वनस्थलीमा आज आयोजित कार्यक्रममा उनले सभापति रवि लामिछाने समक्ष शपथ ग्रहण गरेका हुन्।
गत वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गर्दै ढकालसहित सरिताश्री ज्ञवाली लाई सचिवालय सदस्यमा मनोनित गरेको थियो।
यससँगै रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ।