ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले बजार अनुगमन गरीएको छ । ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयाँलको अगुवाईमा नेपाल प्रहरी, ,चन्द्रपुर नगरपालिका, उद्योग वाणिज्य संघलगायतसँगको समन्वयमा पसलमा अनुगमन गरिएको हो ।अनुगमनका क्रममा पसलहरुमा मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बिक्री हुने गरेको पाइएको छ । अनुगमन टोलीले केही सामान बरामद समेत गरेको छ । टोलीले चन्द्रनिगाहपुरमा रहेको संजय होटलमा म्याद नाघेका चाउचाउ , बिस्कुटलगायतका सामग्री बरामद गरीएको छ । यस्तै कहि पसलमा ढुगाका बनाईएको ढक समेत फेला परेको अनुगमनका संयोजक फुयालले जानकारी दिनुभयो । अनुगमनमा चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत पदम तिमल्सिना, ईलाका प्रहरी निरिक्षक कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक अमिर कुमार दाहाल, चन्द्रपुर नगर उधोग बाणिज्य संघका महासचिव सुनिल साह, होटल व्यवसायी संघका अध्यक्ष देवेन्द्र अर्याल तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । यता, दसै तिहार नजिकिँदै जाँदा चन्द्रनिगाहपुर बजारमा दैनिक उपभोग्य सामानमा एक्कासी मूल्य बढ्दा उपभोक्ता पीडित बनेका छन् ।दसैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वको मौका छोपी व्यापारीले चिनी, मसला, चामललगायतका सामानमा चर्को मूल्य वृद्धि गराएपछि उपभोक्ता मर्कामा परेका हुन् । सरकारी अनुगमनकारी निकायले नियमित रुपमा अनुगमन गर्नु पर्ने उपभोतmाहरुको सुझाव छ ।