काठमान्डौ ,२७ असोज//
नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ताको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ।
अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले भोलि मंगलबार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्न लागेको हो।
आयोग खारेज गरेर सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि अन्याय गरेको किसान महासंघले जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो।