जनकपुरधाम ,२७ असोज//
मधेस प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई सोमबार राजीनामा पत्र बुझाउँदै पदत्याग गरेको उल्लेख गरेकी हुन् ।
मुख्यमन्त्री सिंहले भोलि (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी छिन ।
लोसपा नेपालबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन् ।
