रौतहट ,२७ असोज//
नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र 'हामी नेपाल'का संस्थापक सुदन गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएको छ।
सोमबार दिएको जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादाभन्दा बाहिर गएर युवामाथि आपत्तिजनक अभिव्यक्ति र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य बजरङ्गी गुप्ता र रौतहट जिल्ला इन्चार्ज सन्तोष साहद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय गौरका मुद्दा फाँटका इन्स्पेक्टर रुद्र कँडेललाई बुझाइएको हो ।
यसअघि उनीहरुविरुद्ध काठमाडौँ लगायत अन्य जिल्लामा समेत जोहरी परेको थियो ।