जन्म दिने बुवा हुदै ह्ुदै एक भारतीय नागरिकले गैरजन्म दिएका ब्यक्ति बाट नेपाली नागरिकताको प्रमाणपत्र बनाएको खुल्न आएको छ । भारतको पश्चिम चम्पारण बेतिया जिल्ला ग्रामपञ्चायत सिक्टा निबासी मिस्टु भनिने रञ्जन प्रसाद साह कल्वारले गैरजन्म दिएका बुवा बाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुल्न आएको छ । बच्चाबाबु प्रसाद कल्वारको छोरा रञ्जन प्रसाद साह कल्वारले साबिक कटहरिया गाबिस–७ को ठेगानामा ०६३ चैत्र २ गते टोलि प्रमुख बाट बंशजको आधार देखाउदै नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । उनको बास्तबिक बुवा बच्चा बाबु प्रसाद कल्वार भने चन्द्रपुर– ५ रहदै आएका छन तर उनको नेपाली नागरिकता प्रमाण पत्र अझै बन्न सकेको छ्रैन । भारतीय नागरिक बच्चाबाबु प्रसाद कल्वारको चार छोरा रहेका छन । जस्मध्ये पहिलो राजु प्रसाद साह, दोस्रो रञ्जन प्रसाद साह, तेस्रो बिक्कु प्रसाद साह र चौथो रिक्की प्रसाद साह रहेका छन । यद्यपी मिस्टु भनिने रञ्जन प्रसाद साह कल्वारले साबिक प्रिपापोखरिया–६मा जन्मस्थान राखेर टोलि प्रमुख उग्रनाथ झाको हस्ताक्षर बाट नागरिकताको प्रमाणपत्र लिएका छन । उनको बुवा बच्चाबाबु प्रसाद कल्वार र आमा लालमती देबीको नाममा भारतीय निर्बाचन आयोगको पहिचान पत्र अझै कायमै रहेको छ । उनीहरु ०५८ सालमा भारत बाट रौतहट प्रबेश गरेको जनाइएको छ । रौतहटबाट बंशजको आधार देखाउदै भारतिय नेपाली नागरिकता लिने प्रवृति बढेको छ । भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाण पत्र लिएको तथ्य बाहिर आउँदा समेत जिल्ला प्रशासन कार्यालय रौतहटले चासो नदिएको स्थानियको भनाई छ । टोलि प्रमुखबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको हो वा होईन छानविन गर्नु पर्ने उनीहरुको माग छ ।