धनुषा ,४ बैशाख//
मिथिला नगरपालिका–७ ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गए राति आगलागी हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताका अनुसार आगलागीबाट स्टिम र थर्मोफुल मेसिनहरू जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन गरिएका पाँचवटा वारुणयन्त्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो। करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो।
यसैबीच इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आगलागीको पूर्ण क्षति विवरण सङ्कलन गर्न अझै केही दिन लाग्नेछ। आगलागीको कारण भने खुल्न सकेको छैन।