काठमान्डौ ,४ बैशाख //
नेपालि बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।