काठमान्डौ ,४ बैशाख//
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रियाअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि आह्वान गरेका हुन्।
छलफल आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। एक सांसदका अनुसार दलको कार्यालयबाट सहमहामन्त्रीमार्फत छलफलका लागि सूचना प्राप्त भएको हो।
यसअघि संयोजक रसाइलीले चैत ४ गते संसदीय दलको नेता चयन गर्ने कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिएका थिए। उनले चैत २ गते नै निर्वाचन कार्यतालिका प्रकाशन हुने बताएका थिए।
तर, हालसम्म पार्टीले औपचारिक रूपमा कार्यतालिका भने सार्वजनिक गरेको छैन।