रौतहट ,६ बैशाख//
वृन्दावन नगरपालिकाले वडा नम्बर २ मा निर्माणाधीन प्रशासकीय भवन क्षेत्रभित्रका संरचना हटाउने क्रममा डोजर चलाएको छ।
निर्माणधीन प्रशासकीय भवन क्षेत्रभित्र रहेको ३४ नम्बर कित्ताको सबै घर टहराहरू खाली गर्नुपर्ने ठाउँमा सबै खाली नगरी सैनुल नट र शिवशंकर ठाकुरको मात्र घरमा डोजर लगाई आश्रित परिवारलाई अमानवीय व्यवहार गरिएको छ।

घर भत्काउँदा घर भित्र रहेको केहि सामान समेत निकाल्न नपाएको पिडित परिवारले बताएका छन्। बालबच्चाको किताव कापी देखि औषधि समेत निकाल्न नपाउँदा आफुहरुको बिच्चल्लि भएको उनीहरु बताउछन।
नगरप्रमुख विनोदप्रसाद कुर्मीले त्यस क्षेत्रका सबैलाई समान व्यवहार नगरेको आरोप लगाएको छ । यद्यपि, यस विषयमा नगरपालिकाले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

डोजर कारबाहीपछि प्रभावित दुवै परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन्। उनीहरूको अवस्थालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मानवअधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापाको सिफारिसमा नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले र चन्द्रपुर नगर उद्योग बाणिज्य संघको सिफारिसमा रोटरी क्लब अफ बर्दिबासले राहत सामग्री उपलब्ध गराएको छ।
हाल पीडित परिवारहरू सोही राहतको साहारामा सडक किनारामा बसिरहेका छन्।
.jpeg)
.jpeg)
