काठमान्डौ,१७ बैशाख//
बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको हो।
यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १०५ रुपैयाँ घटेसँगै ४ हजार ८१० रुपैयाँमा झरेको छ । अघिल्लो दिन ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।