१० असार । सार्वजनिक स्थलमा अश्लील हर्कत गरेको आरोपमा मोरङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
गएको राति करिब साढे १२ बजेतिर विराटनगर महानगरपालिका- १ परोपकार घाटस्थित दाह संस्कार गर्ने ठाउँमा बसेर अश्लील हर्कत गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल्य मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
पक्राउ परेकामध्ये २ जना निर्वस्त्र रहेका प्रहरीले जनाएको छ। उनीहरू मध्यराति घाटमा जम्मा भएर होहल्ला गर्दै अश्लील हर्कत गरेको सूचनाको आधारमा पुगेको प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर-६ का ४४ वर्षीय सुरेन्द्र मणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका- ६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ बस्ने १८ वर्षीय मानिस काफ्ले र विराटनगर-४ का ४४ वर्षीय छबिलाल घिमिरे छन्।
उनीहरूलाई मोरङ प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ