जनकपुरधाम, असार ११ । जनकपुरधाममा जारी रहेको निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भोली सेमिफाईनल खेल हुने भएको छ ।
मधेश प्रदेशको खेलकूद तथा समाजकल्याण मन्त्रालय, मधेश खेलकूद परिषद् तथा नेपाल खेलकूद महासंघको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधिन रामजानकी बहुउदेश्यीय अन्तर्राष्ट्रिय रंगशालामा भोली विहानका लागि दुई वटा सेमिफाईनल खेल हुने भएको हो ।
विहान ९ बजे नेपाल एपिएफ क्लव तथा लुम्बनी प्रदेशका बीचमा पहिलो सेमिफाईनल खेल हुने तालिका रहेको छ । यसै गरि त्यस लगतै कोशी तथा वागमतिका बीचमा दोश्रो खेल हुने भएको छ । दुवै खेलमा विजयी हुने टिमका बीचमा शनिवार फाईनल खेल हुने भएको छ ।
सात प्रदेश र एक विभागीय टिम गरेर कूल ८ टिमको सहभागिता रहेको यी चार टिम सेमिफाईनलमा पुग्ने भएको छ । सेमिफाईनलमा सर्वाधिक अंक सहित विजयी हुने दुई टिमका बीचमा फाईनल खेल असार १३ गते शनिवारका दिन खेल हुने भएको छ ।