रौतहट,१९ असार,। देशका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिन थालेपछि रौतहटमा संक्रमण रोकथामका लागि कडा निगरानी र नियन्त्रणका उपाय लागू गरिएको छ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको आयोजनामा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा कुखुरा किसान, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूको सहभागितामा बर्ड फ्लु नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा काठमाडौं उपत्यकासहित देशका ११ जिल्लामा बर्ड फ्लुको संक्रमण देखिएको अवस्थाबारे छलफल गर्दै रौतहटलाई संक्रमणमुक्त राख्न आवश्यक रणनीति र सतर्कताका उपायहरूबारे समीक्षा गरिएको थियो।
अन्तरक्रियापछि बसेको बैठकले बर्ड फ्लु संक्रमण रोकथामका लागि तीन बुँदे निर्णय तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। निर्णयअनुसार जिल्लाभित्र सञ्चालनमा रहेका मासु पसलहरूको प्रभावकारी अनुगमन गरिनेछ। यस्तै अर्को सूचना जारी नभएसम्म बाहिरी जिल्लाबाट रौतहटमा कुखुरा भित्र्याउन पूर्ण रूपमा रोक लगाइएको छ। साथै जिल्लाका कुखुरा फार्महरूको नियमित अनुगमन गरी किसानहरूलाई जैविक सुरक्षा (बायोसेक्युरिटी) सम्बन्धी उपाय अपनाउन आवश्यक जानकारी तथा सचेतना प्रदान गरिने जनाइएको छ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सबै कुखुरा किसान तथा व्यवसायीलाई निर्णयहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
छिमेकी जिल्ला बारामा यसको प्रभाव बढेसंगै पर्सा जिल्लाले समेत यस्ता कार्यक्रम गरि
सबैलाइ सचेत गराएका थिए । केन्द्रले कुखुरा अस्वाभाविक रूपमा बिरामी पर्ने वा मर्ने घटना देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेको छ । रोग लागेका वा मरेका पशु पंछी अवैध रुपमा ओसार पसार नगर्न समेत सबैमा आग्रह गरेका ीथयो ।
यस्तो नगरेमा कानुन बजिम कारबाही गर्ने समेत जनाएका छन । त्यस्तै माुसु खानु नै छ भन्ने राम्ररी पकाएर खान समेत आग्रह गरेका थिए ।
बैठकमा सहभागीहरूले समयमै अपनाइने सतर्कता, नियमित अनुगमन र सरोकारवाला निकायबीचको प्रभावकारी समन्वयबाट रौतहटलाई बर्ड फ्लुको जोखिमबाट सुरक्षित राख्न सकिने विश्वास व्यक्त गरेका छन्।