रौतहट ३१ असार
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ स्थित लक्ष्मीपुरमा रहेको बासघारी भित्र पहिचान नखुलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
रुप्रहरीका अनुसार गत असार २३ गते मंगलबार दिउँसो अन्दाजी ४ बजेको समयमा स्थानीयले बासघारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारी शव नियन्त्रणमा लिएको थियो। शव फेला परेको लामो समय बितिसक्दा पनि मृतकको सनाखत तथा पहिचान हुन सकेको छैन।
रुमृतक अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहको र स्वरूप हेर्दा तराई मूलको जस्तो देखिने प्रहरीले जनाएको छ।
रु अन्दाजी ४५–५० वर्ष अन्दाजी ७० केजी रुउचाईः ५ फिट ३ इन्च
रुआँखाको रङः काल रुकपालको रङः फुल्न सुरु भएको कालो र सेतो धर्का भएको हाफ भेष्ट, निलो रङको ट्रेक पाइन्ट र भित्र सेतो रङको अन्डरवेयर लगाएको
रु घाँटीमा कालो रङको धागोमा बाँधिएको ताबिज रहेको छ।
रुशव फेला परेको सम्बन्धमा थप अनुसन्धान भइरहेको र हालसम्म मृतकको परिवार वा आफन्त सम्पर्कमा नआएको हुँदा जिल्ला प्रहरी कार्यालय रौतहटले सर्वसाधारणसँग पहिचानका लागि सहयोगको अपिल गरेको छ । यदि कोही कसैको परिवारको सदस्य हराउनुभएको भए वा कसैले उल्लेखित हुलिया भएको पुरुषलाई चिन्नु वा जान्नुभएको भए नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, रौतहटको सिधा सम्पर्क नम्बरहरू १००, ९८५५०९०३७४ वा ९८५५०४०९९९ मा तुरुन्त जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन जिल्ला प्रहरी कार्यालय रौतहटले हार्दिक अनुरोध गरेको छ।