रौतहटको चन्द्रनिगाहपुर चौकमा एकै नम्वर भएका दुईवटा ईलोक्ट्रिोनिक रिक्सा (ई रिक्सा) फेला परेको छ । ट्रेस ईन्टनेशनल बिरगंज मुख्य कार्यलय रहेको कम्पनीको शाखा चन्द्रपुरले बिक्रि गरेको ई रिक्सामा एकै नम्वर फेला परेको हो । चन्द्रनिगाहपुरमा गुडिरहेको प्र २ –०३ ००१ ह ७५० नम्वरको दुई वटाई रिक्सा फेला परेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको छ । ट्रेस ईन्टनेशनलले चन्द्रपुरमा एकै नम्वरका ई रिक्सा धेरै नै भित्राएको हुन सक्ने आशंका स्थानियको छ । नेपाल सरकारको राजश्व छल्ने उदेश्यले ट्रेस ईन्टनेशनलले उतm कार्य गरेको हुन सक्ने स्थानियको भनाई छ । चन्द्रपुरको बाग्मती , बालचनपुर, डुमरिया लगायतको ग्रमिण क्षेत्रमा यस्ता किसिमका ई रिक्सा बिक्रि गरेर सर्वसाधरणलाई ठग्ने गरेको गुनासो आउने गरेको छ । ट्राफिक प्रहरी कार्यालयले चेकजाँचलाई कडाई गरेमा अन्य यस्तै किसिमका ई रिक्सा फेला पर्न सक्ने स्थानियहरु बताँउछन् । ट्रेस ईन्टनेशनलले निजि नाममा ई रिक्सा खरिद गर्ने र सर्वसाधरणलाई निजि नम्वर (प्राईभेट) नै बिक्रि गर्ने गरेकाले यस्तो भएको हुन सक्ने ई रिक्सा चालकहरु बताउँछन् । प्राईभेट नम्वर यातयात कार्यालयमा दर्ता नगरी नै नामसारी गरिदिने प्रक्रिया गर्दा राजश्व छली हुने उनीहरु बताउँछन् । बिरगंजमा चलेको नम्वर चन्द्रपुरलाई पनि दिने र दुवै स्थानमा एकै नम्वरको ई रिक्सा गुड्न सक्ने भएकाले ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने ई रिक्सा चालकहरुको सुझाव छ । समान्य लेखपढ जानेकाहरु ई रिक्सा चालक भएकाले ट्रेस ईन्टनेशनलले कागजी प्रक्रियामा पनि झुक्याउने गरेको हुन सक्ने अनुमान चन्द्रपुरका बुद्धिजीवीहरुको भनाई छ । एकै नम्वरको दुई वटा ई रिक्सा फेला परेपछि आफु अच्चमित भएको अनन्या ट्रेडिङ्ग कन्र्सनका संचालक नारायाण प्रसाद तिमल्सिनाले बताए । प्र २ –०३ ००१ ह ७५० नम्वरकोे ई रिक्सा आफुले एक बर्ष अघि कानुनी प्रक्रिया अनुसार नै बिक्रि गरिसकेको र यातयात कार्यालयमा दर्ता रहेको उनको दावी छ । चन्द्रपुरमा दर्ता विनाका ई रिक्सा डिलरको संख्या बढि रहेको र जथाभावी किसिमले बिक्रि गर्ने गरेकाले यसको असर वैधानिक डिलर कम्पनीलाई परेको उनको भनाई छ । ट्रेस ईन्टनेशनलले ई रिक्सा आयत गर्ने मात्र अनुमति पाएकाले बिक्रि गर्न नपाउने उनले बताए । ई रिक्सा आयत गर्दा पनि सो कम्पनीले भन्सार छलेको हुन सक्ने आशंका संचालक तिमल्सिनाको छ । गुणस्तरहिन ई रिक्साको व्याट्री बिक्रि गर्ने गरेकाले चन्द्रपुरका चालकहरुले दुख पाएको गुनासो गर्ने गरेका छन् । सो कम्पनीले व्याट्रीमा वारेन्टी नदिने र चाँडै नै विग्रिने गरेकाले निकै सास्ती भोग्नु परेको चन्द्रपुरमा रहेका ई रिक्सा चालकहरुले बताएका छन् । पछिल्लो समय चन्द्रपुरमा ई रिक्साको संख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले पनि निगरानी बढाउनु पर्ने आवश्यकता देखिएको नगरबासी भनाई छ । ई रिक्सा आएसंगै यात्रामा सहज पुगेको भएपनि कानुनी प्रक्रिया अनुसार बैधानिक किसिमले काम हुनुपर्ने धारण उनीहरुको छ । ई रिक्साका बारेमा धेरै गुनासो आउने गरेकाले अगामी दिनमा निगरानी बढाईने जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।