रौतहट३ माघ//
घरदैलो अभियानकै क्रममा आज चन्द्रपुर नगरपालिका–१ बागमतीबाट कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। अभियानको क्रममा स्थानीय मतदाताहरूले उत्साहका साथ भव्य स्वागत गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी रौतहट क्षेत्र नम्बर–४ का उम्मेदवार रामकुमार भट्टराईको नेतृत्वमा सुरु गरिएको घरदैलो कार्यक्रममा मधेस प्रदेश सरकारका पूर्व मन्त्री युवराज भट्टराई ‘समीर’, संविधान सभा सदस्य देवेन्द्र पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

घरदैलो अभियानका क्रममा नेताहरूले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम र भावी योजनाबारे जानकारी गराएका थिए। स्थानीय विकास, सुशासन र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नेताहरूले जनताको साथ, समर्थन र विश्वासले आगामी निर्वाचनमा पार्टीलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन्। अभियानलाई आगामी दिनहरूमा क्षेत्रका विभिन्न वडाहरूमा निरन्तरता दिइने जनाइएको छ।

