पर्सा,१५ बैशाख//
पर्सा जिल्लाका विभिन्न सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता हरिबहादुर बस्नेत का अनुसार वीरगञ्जको सीमावर्ती बजार रक्सौल बाट अवैध रूपमा नेपाल भित्र्याइएका करिब १९ लाख २० हजार रुपैयाँ मूल्य बराबरका २४ थान स्कुटर नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको हो।
“अनधिकृत रूपमा चलाइँदै आएका भारतीय स्कुटरहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौँ,” उनले बताएका छन्।
यसअघि पनि प्रहरीले गत शनिबार अवैध रूपमा सञ्चालनमा रहेका सात वटा भारतीय स्कुटर नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको थियो।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नं १३ गण ले गत वैशाख ११ गते २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको जनाएको छ।