हाईवे न्युज सम्वाददाता
बैशाख ३१, रौतहट
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सेवा प्रवाहको सम्बन्धमा नागरिकसंग सार्वजनिक सुनवाई कार्यक्रम गर्नुभएको छ । आज बिहीबार रौतहटको गुजरा नगरपालिकाको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी भुसालले नागरिक संग सार्वजनिक सुनवाइ कार्यक्रम राख्नुभएको हो ।
प्रजिअ भुसालले सेवा प्रवाह गर्ने क्रममा नागरिकले राखेको जिज्ञासाको उत्तर दिनुभएको थियो ।उहाँले नागरिकता,राहदानी तथा राष्ट्रिय परिचयपत्रको सेवा सहजरुपमा प्रदान भइरहेको बताउनुभयो ।राहदानी अब जिल्लाबाट हुलाक मार्फत सेवाग्राहीको घरघरमा पुराउने प्रक्रियामा रहेको प्रजिअ भुसालले जानकारी दिनुभएको छ ।
उहाँले नागरिकको जिज्ञासको उत्तर दिदै जिल्लाभित्र रसाइनिक मलको अभाब नभएको बताउनुभएको छ । रौतहट जिल्ला भित्र रसाइनिक मल बितरण गदै आइरहेको साल्ट टे«डिङ गौर र कृषि समाग्री संस्थान चन्द्रनिगाहपुरले रसाइनिक मलको अभाब नभएको आफुलाई जानकारी गराएको र कृतिम अभाब गराउनेलाई कार्वाही गर्ने समेत उहाँले बताउनुभयो ।
रसाइनिक मल बितरणमा पारर्दंशित अपनाउनु पर्ने र त्यसको नियमित अनुगमन गरिदिन पालिकाका उप प्रमुखहरुलाई प्रजिअ भुसालले आग्रह गर्नुभएको छ ।मिटर ब्याजीको समस्याको समाधान प्याकेजमा भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
सरकारले वास्तबीक सुकुम्बासीको ब्यबस्थापन तर्फ लागेको बताउदै प्रजिअ भुसालले रौतहटमा पनि सरकारी जमिन अतिक्रमण चाडै नै हटाउने जानकारी दिनुभयो ।सरकारी जमिनको अतिक्रमण हटाउनको लागी स्थानिय तहसंग लागत लिने काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
बिपत ब्यबस्थापनको कामको साथसाथै बाढी नियन्त्रणको लागी तयारी पनि भइरहेको प्रजिअ भुसालले बताउनुभएको छ ।उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक सिताराम रिजालले समाजमा बाल विवाह,बहु बिवाह तथा भागी बिवाह जटिल समस्या बन्दै गएको बताउनुभएको छ ।
जातिय बिभेदका कुरा,बोक्सीको आरोप,साइबर अबराधका घटनाहरु अझै पनि नियन्त्रणमा आइनसकेको हुदा यसको नियन्त्रणको लागी कामगर्नुपर्ने आवश्यकता रहेको प्रउ रिजालले बताउनुभयो
मिटिर ब्याजीको समस्या,चेक बाउन्सका घटना तथा समाजिक संजालको दुरुपयोग बारे समाजलाइ सचेत गराउनुपर्ने अबस्था रहेको समेत प्रहरी प्रमुख रिजालले धारणा राख्नुभएको थियो ।सार्वजनिक सुनवाइ कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख शन्तलाल चौधरीले जनताको काम सहज रुपमा गर्नुपर्ने धारणा राख्नुभएको थियो । नगर प्रमुख चौधरीले नगरक्षेत्र भएका गतिबिधिका समस्याहरुको बारेमा समेत सम्बोधन गर्नुभएको थियो ।
गुजरा नगरपालिकाका नगर प्रमुख शन्तलाल चौधरीको अध्यक्षतामा सम्पन्न उक्त सार्वजनिक सुनवाई कार्यक्रममा गुजरा नगरपालिकाकी उप प्रमुख रत्ना लामा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब माधब शर्मा,शसस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी,राष्ट्रिय अनुसन्धानका प्रमुख कुमार बुढाथोकी,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङ, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की,वार्ड अध्यक्षहरुलगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको छ ।