काठमान्डौ,१२ जेष्ठ//
आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।