धनुषा ,१२ जेष्ठ//
सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट करिब १४ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक भीम विष्टका अनुसार सीमावर्ती क्षेत्र तथा अन्य स्थानमा सञ्चालन गरिएको विशेष निगरानी र जाँच अभियानका क्रममा उक्त सामान नियन्त्रणमा लिइएको हो ।
बरामद सामग्रीमा कपडाजन्य वस्तु, किराना सामान तथा अन्य दैनिक उपभोग्य सामग्री रहेका छन् ।
भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा ती सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद सामग्री आवश्यक कारबाही तथा राजस्व अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।