काठमान्डौ,१८ जेष्ठ//
आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य केही वृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ।आइतवार चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।