काठमाडौं ,१८ जेष्ठ//
प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको अवरोध जारी रहँदा प्रतिनिधिसभामा सुरक्षा सतर्कता बढाइएको छ।
यसक्रममा सभामुख र सांसदहरूबीचको दूरी बढाइएको छ। प्रतिनिधिसभा कक्षमा बीचको लहरका कुर्सीहरू हटाएर अतिरिक्त खाली स्थान बनाइएको हो।
आइतबारको बैठकमा विपक्षी सांसदहरूले अवरोध गरिरहेकै अवस्थामा सभामुख डीपी अर्याल ले प्रतिनिधिसभा नियमावली पारित गराएपछि उनीहरू रोष्ट्रमसम्म पुगेका थिए। केही सांसदहरू सभामुखको आसन नजिक पुगेर विरोधमा उत्रिएका थिए।
विरोधका क्रममा सांसदहरूले कुर्सी उचाल्नेसम्मका गतिविधि गरेपछि संसद् भवनभित्र सुरक्षा व्यवस्थापनलाई थप कडा बनाइएको र सभामुख तथा सांसदहरूबीचको भौतिक दूरी बढाइएको बताइएको छ।