काठमाडौं,१८ जेष्ठ//
रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारत पुगेका छन्। उनलाई नयाँदिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले ले स्वागत गरेका छन्।
रास्वपाका अनुसार लामिछाने भाजपाको निमन्त्रणामा जेठ १८ देखि २२ गते (जुन १–५) सम्म भारत भ्रमणमा रहेका छन्।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी छन्।
रास्वपा प्रवक्ता मनिष झा का अनुसार भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुनेछ। साथै भाजपा नेतृत्व, भारतस्थित नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा लामिछानेले अयोध्या को पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भेटघाट तथा छलफलको समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावास, नयाँदिल्ली ले गरिरहेको रास्वपाले जनाएको छ।