काठमाडौं ,१८ जेष्ठ//
विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका थिए।
विपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख डीपी अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।