गौर आँखा अस्पताल, पुरेनवाको महाअभियान अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–३, गैँडाटारस्थित जनहित आधारभूत विद्यालयमा आयोजित दुईदिने बृहत् स्वास्थ्य तथा आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा बालबालिकादेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिक ,अपाग तथा श्रवण समस्या भएका वृद्धवृद्धाले समेत आखा स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
चन्द्रनिगाहपुर अस्पताल, रौतहटका सम्पूर्ण लायन्स क्लबहरू तथा एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विशेष पहल र सहकार्य र Ruit Foundation को सहयोगमा सञ्चालन भएको उक्त शिविरमा गौर आँखा अस्पतालका प्राविधिक अशोक पासवानसहित ७ जना स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए।
शिविर अवधिमा दुई दिनमा कुल ४६८ जना सेवाग्राहीको स्वास्थ्य तथा आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३८ जना बिरामीमा मोतियाबिन्दु पहिचान गरिएको छ भने २२९ जना बिरामीलाई निःशुल्क औषधि ,चशमा ११३ जना लाईववितरण गरिएको थियो।

मोतियाबिन्दु फेला परेका ३८ जना बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको छ। छनोट भएका सबै बिरामीको शल्यक्रिया गौर आँखा अस्पताल, पुरेनवामा अस्पतालकै पूर्ण खर्चमा निःशुल्क रूपमा गरिने कार्यक्रम रहेकोअस्पतालका संयोजक पाण्डे सत्येन्द्रले जानकारी दिनुभयो।
संयोजक पाण्डे सत्येन्द्रका अनुसार गौर आँखा अस्पतालको महाअभियान अन्तर्गतको अर्को निःशुल्क स्वास्थ्य तथा आँखा शिविर यही सोमबार परोहा नगरपालिका–९, रामपुरखापस्थित जनता माध्यमिक विद्यालयमा आयोजना गरिनेछ।