बीरगंज ११ असार ।
देशकैे प्रमुख व्यापारीक नाकाको रुपमा रहेको बीरगंज भन्सार नाका हुदै आर्थिक बर्ष २०८२/०८३ को ११ महिनामा भारत तथा तेश्रो मुलुक तर्फ ९९ अर्ब ६६ करोड ४५ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।
गत आर्थिक बर्ष २०८१/०८२ को ११ महिनाको तुलनामा यस आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्ममा ३ प्रतिशतले निर्यात बृद्घि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीेले जानकारी दिएका छन् ।
आर्थिक बर्ष २०८१/०८२ को साउन, भदौ, असोज, कार्तिक, मसिर ,पुस ,माघ, फागुन, चैत्र, बैशाख र जेठ महिनामा भारत तथा तेश्रो मुलुक तर्फ ९६ अर्ब ७२ करोड मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।
वीरगंज नाका हुदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटि निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीेले जानकारी दिएका छन् ॥
वीरगन्ज भन्सार नाकाहुदै आर्थिक बर्ष २०८२/०८३ को ११ महिनामा सबैभन्दा धेरै मटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । साउन, भदौ, असोज, कार्तिक मसिर, पुस माघ ,फागुन, चैत्र र बैशाख महिनामा वीरगंज नाकाबाट मात्रै ४९ अर्ब ६८ करोड मुल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी वीरगंज नाकाबाट सो अवधिमा ८ अर्ब ४७ करोड ७८ लाख मुल्य बराबरको फलफुलको जुस तथा जाम भारत निर्यात भएको छ ।
११ महिनाको अवधीमा ५ अर्ब ४७ करोड ६५ लाख मुल्य बराबरको सुर्यमुखि प्रशोधित तेल निर्यात भएको छ भने ३ अर्ब २६ करोड ७७ लाख मुल्य बराबरको प्रशोधित सेन्थेटिक यार्न निर्यात भएको छ ।
११ महिनामा ३ अर्ब २६ करोड ४३ लाख मुल्य बराबरको बिभिन्न कपडाहरु भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।
सो अबधिमा २ अर्ब ७८ करोड मुल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरु निर्यात भएको वीरगंज भन्सार कार्यालयबाट उपलब्ध तथ्याँकमा उल्लेख छ ।
वीरगंज नाकाबाट ११ महिनाको अवधिमा १ अर्ब ८४ करोड १४ लाख मुल्य बराबरको पशु आहारको कच्चा पदार्थ निर्यात भएको छ । सो अवधिमा १ अर्ब २७ करोड मुल्य बराबरको चाउचाउ, नुडल्स, पास्ता, १ अर्ब ३१ करोडको कुकुर बिरालाको खाना, ९६ करोडको बोसो तेल र मैन, १ अर्ब ८ करोडको तोरीको तेल निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीेले बताए ।
बीरगंज भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्तमन्जन, रेसाको कपडा,स्टीलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाईप, तयारी रसायन, उनी कार्पेट गलैचा लगायतका सामानहरु साउन देखी जेठ मसान्त सम्ममा भारत तथा तेश्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीेले जानकारी दिनुभयो ।