जनकपुरधाम, असार ११ । मधेश प्रदेश सरकारले प्राणघातक रोगको उपचारका लागि प्रदान गर्दै आएको १ लाखको सहयोग रकम पुनः प्रदान गर्न थालेका छन् ।
चालु आर्थिक वर्षमा ५ हजार ७ सय विरामीको प्रमाण सहितको आवेदन पर्न आएकोमा मन्त्रालयले २ हजार ७ सय विरामीलाई २७ करोड रकम वितरण गरेको मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवले जानकारी दिएका छन ।
गरिव तथा विपन्न वर्गका व्यक्तिको उपचारका लागि उक्त सहयोग प्रभावकारी रहेको छ । बाँकी रहेका ३ हजार आवेदनकलाई १ लाखको दरले वितरण गर्दा ३० करोड रकम आवश्यक भएपनि अर्थ मन्त्रालयले केही दिन पूर्व १९ करोड रकम निकाशा गरेकाले मन्त्रालयमा पहिला निवेदन दत्र्ता भएकाहरुलाई रकम निकाशा गर्ने काम भईरहेको उनले जानकारी दिए ।
मधेश प्रदेश सरकारले प्राणघातक रोगको रुपमा रहेको मुटु, किडनी, क्यान्सर, अल्जाईमर्स, पार्किल्सन, थलसेनीया जस्ता रोगवाट पिडित भएर उपचारमा रहेका विरामीहरुलाई प्रमाणको आधारमा प्रदेश सरकारले १ लाख रकम सहयोग गर्दै आएको छ ।
संघीय सरकारले यी रोगवाट पिडित भएका विरामीहरुलाई स्वास्थ्य विमा गरेवापतको १ लाख रकम वापतको रकमको भुक्तानी गर्दै आएको छ । पछिल्लो समयमा व्यस्त जीवन शैली तथा खानपानमा भएको अनियमितताका कारणले प्राणघातक रोगको प्रकोप पढ्दै गएको छ ।