१३ असार,रौतहट । गौर आँखा अस्पताल, पुरेनवाको महाअभियान अन्तर्गत चन्द्रनिगाहपुर अस्पताल, रौतहटका सम्पूर्ण Lions clubतथा एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विशेष पहल र सहकार्यमा चन्द्रपुर नगरपालिका–५ स्थित चन्द्रनिगाहपुर सरकारी अस्पताल तथा यूवा अभियनता बरहथवा १४ का अधयक्ष दिपेनदर यादव को बिशेष ुहलमा बरहथवा १४ (सैदपुर) बृहत् स्वास्थ्य तथा आँखा शिविर सम्पन्न भएको छ।सम्पन्न उक्त शिविरमा गौर आँखा अस्पतालबाट खटिएको नेत्र अधिकृत विनित केशरीसहित १४ जना स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।

शिविरमा ३७८ जना सेवाग्राहीको स्वास्थ्य तथा आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ३८ जना मोतियाबिन्दुका बिरामीहरूलाई शल्यक्रियाका लागि छनोट गरिएको छ। छनोट भएका बिरामीहरूको शल्यक्रिया अस्पतालकै खर्चमा भोलि गौर आँखा अस्पताल, पुरेनवामा गरिने योजना रहेको अस्पतालका संयोजक पाण्डे सत्येन्द्र ले जानकारी दिनुभयो।
उहाँका अनुसार शिविरमा १२७ जना बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो।

संयोजक पाण्डे ले आगामी महाअभियान अन्तर्गत अगामी योजना अनूरूपको निःशुलक शिविर यही सोमबार रौतहटका परोहा नगरपालिका–९, रामपुरखापमा आयोजना हुने योजना रहेको जानकारी समेत दिनुभयो।