रौतहट, परोहा।
डाक फाउन्डेसनको आर्थिक सहयोग तथा गौर आँखा अस्पताल, पुरेनवाको महाअभियान अन्तर्गत रौतहटको परोहा नगरपालिका–९, जनता मा. वि. रामपुरखापमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच तथा उपचार शिविरमा डरलाग्दो तथ्य सार्वजनिक भएको छ।
आँखा उपचार केन्द्र, बंकुलका इन्चार्ज अफ्ताब आलम सहित ५ सदस्यीय प्राविधिक टोलीले १७८ जनाको आँखा परीक्षण गर्दा ९८ जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरका क्रममा ३ वर्षीया बालिका सहित २८ जनामा दृष्टि गुमाउने जोखिमयुक्त मोतियाबिन्दु फेला परेको अस्पतालले जनाएको छ।
सबैभन्दा चिन्ताजनक विषय भनेको एउटै परिवारका ३, ६ र ९ वर्ष उमेरका तीन बालबालिकाको दुवै आँखामा अन्धोपन निम्त्याउन सक्ने मोतीबिनदु गम्भीर समस्या देखिनु रहेको छ। बालबालिकामा समेत यति कम उमेरमै आँखाको गम्भीर रोग फेला पर्नुले समयमै जाँच र उपचारको आवश्यकता झन् बढाएको चिकित्सकहरूको भनाइ छ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेय ले जनचेतनामूलक सन्देश दिँदै समयमै रोगको पहिचान र उपचार गर्न सके दृष्टि जोगाउन सकिने र बालबालीकाहरू लाई पुनः दुनिया देखन सकने बताए। उनले यस्ता अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, विभिन्न संघ–संस्था , मिडीयाहरू तथा आम नागरिकको सझेदारी ,सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सेवा मूलक हरेक कार्यक्रममा गौर आँखा अस्पताल पुरेनवा सधैं साझेदारी गर्न तयार रहेको पाणडे ले बताए।
“समयमै आँखा जाँच गरौं, दृष्टि बचाऔं” भन्ने सन्देशसहित अस्पतालले महाअभियानलाई निरन्तर अगाडि बढाइरहेको जनाएको छ।