सर्लाही, असार २६ गते । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् ।
सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले घरदेखि करिव २०० मिटर पर शरीरमा पेट्रोल छर्किएर आगो लगाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन । आफैँले आफूलाई आगो लगाउँदा जलेर गम्भीर घाइते युवकको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार पछि हेलिकप्टरले काठमाणडौ लगिएको डिएसपी गौतमले बताएका छन ।
विराटनगरतर्फबाट आएको हेलिकप्टर मौसम खराबीका कारण आउन नसकेपछि काठमाडौँबाट अर्को हेलिहप्टर लगेको डिएसपी गौतमर्ले जानकारी दिएका छन ।
सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले यस घटनाको सम्बन्धमा आफूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई जानकारी गराइसकेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन । काठमाडौँमा बिहीबार पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाइ आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार मात्र निधन भएको थियो।
काठमाडौँको उक्त घटना सेलाउन नपाउँदै सर्लाहीको गौडेतामा सोही प्रकारको अर्को घटना भएको हो ।
गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवका अनुसार, आत्मदाहको प्रयास गर्ने विवेक मण्डलमा सामान्य मानसिक समस्या रहेको थियो ।