काठमाडौं – गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ सार्वजनिक भएसँगै विवादमा परेको छ। मंगलबार सार्वजनिक गरिएको गीतमा प्रयोग भएका केही शब्द र अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
गीतका शब्द तथा संगीत दुर्गेश थापाकै हुन्। गीतमा प्रयोग गरिएका केही ‘डबल मिनिङ’ शब्द नेपाली समाज र पारिवारिक दर्शकका लागि उपयुक्त नरहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन्। कतिपयले मनोरञ्जनको नाममा अश्लीलता र भद्दापनलाई प्रोत्साहन गरिएको टिप्पणी गरेका छन्।
गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि दुर्गेश र प्रियंकालाई गीतमा प्रयोग भएका द्विअर्थी शब्दबारे प्रश्न गरिएको थियो। त्यसको जवाफमा दुर्गेशले गीतलाई हेर्ने र बुझ्ने दृष्टिकोणअनुसार अर्थ फरक पर्न सक्ने बताएका छन्।
उनले गीतलाई सकारात्मक सोचका साथ सुन्दा कुनै समस्या नदेखिने उल्लेख गर्दै आफूले जानाजानी विवाद सिर्जना गर्ने उद्देश्यले शब्द प्रयोग नगरेको बताएका छन्। ‘म्याथ’ शब्द प्रयोगबारे पनि उनले ‘गणित’भन्दा ‘म्याथ’ शब्द लय र प्रस्तुतीकरणका हिसाबले उपयुक्त लागेको प्रतिक्रिया दिएका छन्।
गीत सार्वजनिक भएको छोटो समयमै युट्युबमा हजारौं प्रतिक्रिया आएका छन्। धेरै दर्शकले शिक्षकजस्तो सम्मानित पेसासँग सम्बन्धित शीर्षक प्रयोग गरेर द्विअर्थी शब्द राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सञ्चारकर्मी तथा फिल्म निर्देशक प्रकाश सायमीले पनि सामाजिक सञ्जालमार्फत गीतप्रति असन्तुष्टि जनाएका छन्। उनले कला सिर्जनामा सामाजिक जिम्मेवारी र मर्यादाको विषयलाई बेवास्ता गर्न नहुने टिप्पणी गरेका छन्।
यु्युबसँगै फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा पनि गीतको भाषा, प्रस्तुति र त्यसले समाजमा पार्न सक्ने प्रभावबारे बहस भइरहेको छ। समर्थकहरूले गीतलाई मनोरञ्जनका रूपमा लिनुपर्ने तर्क गरेका छन् भने आलोचकहरूले यसले सांस्कृतिक मर्यादा र सामाजिक मूल्यमा नकारात्मक असर पार्ने बताएका छन्।
’मास्टर्नी’ प्रियंका कार्कीले निर्माण गरेके आगामी फिल्म ’मास्टर्नी’ को प्रचारात्मक गीत हो। यो गीत फिल्मभित्र भने समावेश गरिएको छैन। फल्मको प्रवद्र्धनका लागि दुर्गेश थापाले उहारस्वरूप तयार पारेको गीत हेको निर्माण पक्षले जनाएको छ।
दुर्गेश थापाले फिल्मको प्रचारप्रसार अभयानमा पनि सहभागी हुने र सांीतिक प्रस्तुति दिने तयारी रहेको बताइएको छ। ‘दुश्मन हेरेको हेर्यै’पछि दुर्गेश र प्रियंकाको यो दोस्रो सांगीतिक सहकार्य हो।