हेटौँडा:नेवाः पत्रकार राष्ट्रिय दबू मधेश प्रदेशको अध्यक्षमा रौतहटका युवास श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा सम्पन्न प्रथम भेलाले युवासको अध्यक्षतामा प्रदेश समिति गठन गरेको हो ।
प्रदेश भेलाबाट सिराहाका रविन्द्र श्रेष्ठ र बाराकी मञ्जु मानन्धर उपाध्यक्ष चयन हुनुभएको छ । रौतहटका दीपक श्रेष्ठ सचिव, रिना श्रेष्ठ कोषाध्यक्ष चयन हुनुभएको छ । सर्लाहीका सञ्जीव श्रेष्ठ, बाराका प्रकाश श्रेष्ठ र सन्तोष रन्जितकार प्रदेश समिति सदस्य चयन हुनुभएको छ । भेलाले शंकर श्रेष्ठ, जीतलाल श्रेष्ठ र गौतम श्रेष्ठलाई केन्द्रीय पार्षद् चयन गरेको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय समितिका उपाध्यक्ष सन्दिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरी, नेवा देय दबू रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।