बारा । बाराको पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा–पिलुवा सडकको बीचमा आज शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन् ।पिलुवाबाट प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाएर पथलैयातर्फ आउँदै गरेका चौरेललाई निजगढतर्फ जाँदै गरेको ना१अयो १३४ नम्बर लेखिएको टिपरले बैजुरा पुलमा ठक्कर दिएको थियो । घटनालगत्तै चौरेललाई गण्डकस्थित बयोधा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीले चालकसहित टिपरलाई नियन्त्रणमा लिएको छ । चौरेल कलैया उपमहानगरपालिका वडा नं.२४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा अध्यापन गराउने शिक्षक रहेको स्थानीयले जानकारी दिएका छन् ।