रौतहट। चन्द्रपुर नगरपालिका–४ निवासी सरोज मिश्र (दीपेन्द्र मिश्र) लाई मातृशोक परेको छ। उनका आमा मालती देवीको शनिबार ७५ वर्षको उमेरमा निधन भएको हो।
स्वर्गीय मालती देवी स्व. राजकान्त मिश्रकी श्रीमती हुन्। उनको भरतपुर सामुदायिक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल भए पनि उपचारकै क्रममा दिउँसो ३:१५ बजे उनको निधन भएको मिश्रले जनाएको छ।
मालती देवीका छोरा सरोज मिश्र प्रेस चौतारी नेपालका जिल्ला सदस्य हुनुका साथै चन्द्रपुर राष्ट्रिय दैनिकका बजार व्यवस्थापक र मधेस भूमि दैनिकका चन्द्रपुर प्रतिनिधिका रूपमा कार्यरत छन्।
त्यस्तै, सरोजका पिता स्व. राजकान्त मिश्र चन्द्रपुर–४ स्थित दुर्गा माध्यमिक विद्यालय, ठारा टोलका संस्थापक प्रधानाध्यापक थिए। २०६३ सालमा मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको थियो।
मालती देवीको निधनले परिवार, आफन्त तथा शुभेच्छुकहरू शोकमा परेका छन्।