चन्द्रपुर ,४ बैशाख//
चन्द्रपुर नगरपालिका र ग्रामीण विकास केन्द्र (RDC) नेपालको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “नगर स्तरीय किशोरी फुटबल मेयर कप–२०८३” को समापन आगामी सोमबार हुने भएको छ।
“हाम्रो गोल, लैङ्गिक हिंसा विरुद्ध बोल” भन्ने मूल नारासहित सञ्चालित प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह वैशाख ७ गते हातेमालो शेर बहादुर दर्लामी स्मृति फुटबल मैदानमा आयोजना गरिनेछ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार समापन समारोहमा उप–प्रमुख जयमाला कुमारी चौधरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहनेछ।
दिउँसो १:३० बजे सुरु हुने कार्यक्रममा प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई पुरस्कृत गरिनेछ।
किशोरीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै खेलकुदमार्फत लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।