काठमाडौं,११ जेष्ठ//
सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार बिहान सभामुख अर्याल लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर भेटवार्ता गरेका हुन् ।
सभामुखको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा राष्ट्रिय मुद्दाबारे छलफल भएको थियो ।
त्यस्तै लोकतान्त्रिक संस्थालाई थप मजबुत बनाउने, संसदलाई जनमुखी र प्रभा