काठमाडौं ,११ जेष्ठ//
मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको भए पनि औपचारिक एजेन्डाबारे भने जानकारी गराइएको छैन ।