वीरगंज ,१३ जेष्ठ//
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् ।
उनी बिहान कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।
मेयर सिंहले आफ्नो मुद्दामा अदालतबाट म्याद जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग गर्न स्वेच्छाले अदालतमा उपस्थित भएको बताएका छन् ।
तर मुद्दाको चाप बढी भएका कारण आज सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत स्रोतले जनाएको छ । सुनुवाइ नहुने भएपछि मेयर सिंह अदालतबाट फर्किएका छन् ।
जिल्ला अदालत पर्साले सिंहविरुद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।
उक्त मुद्दामा सिंहकी श्रीमती तथा वीरगंज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ ।