सर्लाही ,१३ जेष्ठ//
सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार सोमबार दिउँसो सीमा स्तम्भ नम्बर ३१७/२ नजिक नेपालतर्फ अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
प्रहरीका अनुसार घटनास्थलबाट बोराको झोलाभित्र मदिरा तथा केही भारतीय रुपैयाँ समेत बरामद भएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।